शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिने पोखरेलले बताए ।

पोखरेलले भने,‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो,क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’