काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ एएससीआई यू–१९ प्रिमियर कप जितेका खेलाडीलाई बधाई दिएका छन् ।

खेलाडीको उत्कृष्ट प्रदर्शनका लागि धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गौरवपूर्ण उपाधि जित्न सफल भएको सामाजिक सञ्जालमा उल्लेख गरे ।

मलेसियाको क्वालालम्पुरमा आज भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपाली खेलाडीले युएईलाई पराजित गरेका छन् । रसस