काठमाडौं । काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

संघको कुम्भ मेलामा संसारबाट ४ हजार २२७ जना महाधिवेशन प्रतिनिधि

आगामी नयाँ नेतृत्व चयन गर्नका लागि हुन लागेको निर्वाचनमा अध्यक्षमा चारजनाले उम्मेदवारी दाबी गरेका छन् । वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्ष आरके शर्मा र महेश श्रेष्ठले संघको अध्यक्षमा उम्मेदवारी दावी गरेका हुन् ।

केसी, श्रेष्ठ र शर्माले भिन्दाभिन्दै समुहसहित उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूलाई क्रमशः एमाले, कांग्रेस र माओवादी पार्टीको समर्थन रहेको छ । संघको यस कुम्भ मेलामा संसारबाट ४ हजार २२७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन ।

सो सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चारहजार भन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ ।

विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या ९६ हजार ८ सय ५० जना रहेको सो संघले जनाएको छ । दसैंको बेला संसारभर छरिएर रहेका नेपालीहरु आफ्नो नेपालमा जम्मा भएर आयोजना गरिएको यस संघको कुम्भ मेलामा स्वदेशी तथा विदेसको विभिन्न ठाउँमा रहेका धेरै नेपालीको सहभागीता हुने सो संघले जनाएको छ । यो सम्मेलन काठमाडौको सोल्टी होटलमा हुँदै छ ।

निर्वाचन समितिका सदस्य चिरञ्जिवी ढकालले आगामी २ कात्तिकमा हुने निर्वाचनका लागि २५ असोजदेखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको जानकारी दिए । जसअनुसार निर्वाचन समितिले सोमबार साँझ संघको निर्वाचनसम्बन्धी नियमावली, २०२१ (संशोधन २०२३) को नियम ८(११) बमोजिम सबै पदका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको थियो ।

निर्वाचन समितिका अनुसार संघको उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ ।

यसैगरी महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सहकोषााध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको उम्मेदवारी परेको छ ।

यस्तै एक-एक जना निर्वाचित हुने महिला संयोजकमा दुई, युवा संयोजकमा दुई, अमेरिकाज क्षेत्रीय संयोजकमा दुई, एसिया प्यसिफिक संयाजकमा ४, युरोप संयोजकमा ३, मध्यपूर्व संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी अफ्रिका संयोजकमा पुष्पराज भट्टराईको एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएका छन् । यस्तै ओसिनिया क्षेत्रीय संयोजकमा पनि दिनेश पोख्रेल सर्वसम्मत भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेको छैन । अमेरिकाज क्षेत्रीय उपसंयोजकमा तीनजनाको उम्मेदवारी परेको छ भने एसिया प्यासिफिक उपसंयोजकमा ५ जना, युरोप क्षेत्रीय उपसंयोजकमा ८ जनाको उम्मेदवारी परेको छ । यसैगरी मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा ६ जनाको उम्मेदवारी परेको छ ।

ओसिनिया क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी पर्दा अफ्रिका क्षेत्रीय महिला संयोजकमा खेसाना लिम्बुको एकल उम्मेदवारी परेसँगै सर्वसम्मत भएकी छन् । यसैगरी अमेरिकाज क्षेत्रीय महिला संयोजकमा पनि इन्दिरा त्रिपाठी सर्वसम्मत भएकी छन् ।

यसैगरी, एसिया प्यासिफिक महिला क्षेत्रीय संयोजकमा अनिता गुरुङ लामा, मिडल इस्ट महिला क्षेत्रीय संयोजकमा लक्ष्मी गिरी, ओसिनिया महिला संयोजकमा रेनुका लामा सर्वसम्मत भएका छन् । तर, युरोप क्षेत्रीय महिला संयोजकमा भने दुई जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, क्षेत्रीय महिला उपसंयोजकतर्फ एसिया प्यासिफिकमा इन्दिरा तिवारी, युरोपमा भवानी तिवारी, मिडल इस्टमा सरिता भण्डारी पौडेल सर्वसम्मत चयन भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय युवा संयोजकमा कसैको उम्मेदवारी परेन भने अमेरिका क्षेत्रमा स्वराज खाती सर्वसम्मत भएका छन ।

त्यसैगरी, युवा क्षेत्रीय संयोजकतर्फ नै एसिया प्यासिफिकमा विकास बस्नेत सर्वसम्मत चयन भए भने युरोप क्षेत्रमा प्रकाश भण्डारी सर्वसम्मत भए । यसैगरी मध्यपूर्वमा भने कसैको पनि उम्मेदवारी परेको छैन । यस्तै ओसिनियामा सूर्य आचार्य सर्वसम्मत हुँदा क्षेत्रीय युवा उपसंयोजकतर्फत अफ्रिका क्षेत्रमा कसैको उम्मेदवारी परेन भने अमेरिकाज क्षेत्रमा विशाल रानाको उम्मेदवारी दर्ता भएको छ । उनको एकल उम्मेदवारी परेकाले सर्वसम्मत भएका छन् ।

यस्तै एसिया प्यासिफिकमा नारायण खड्का सर्वसम्मत हुँदा युरोपमा कसैको पनि उम्मेदवारी परेन । यस्तै मध्यपूर्वमा कृष्ण कुमार ठाकुर सर्वसम्मत हुँदा ओसिनियामा पनि कसैको उम्मदवारी दर्ता भएन । यस्तै दोस्रो पुस्ताको एनआरएनए संयोजकमा पनि कसैको उम्मदवारी परेन ।

एनआरएनएले दोस्रो पुस्तालाई समेट्न खोजेपनि कसैको उम्मेदवारी नपरेपछि सो पुस्ताको संघमा आकर्षण नदेखिएको हो कि भन्ने प्रश्न समेत उठेको छ । प्रारम्भिक नामावलीको आधारमा एनआरएनएले अब दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित गरेर अन्तिम सूची प्रकाशित गर्नेछ ।

यस्तै निर्विरोध भएकाहरुलाई प्रक्रिया पुरा गरेर निर्वाचन समितिले विजयी भएको घोषणा गर्नेछ । एनआरएनएको निर्वाचनबाट एक अधयक्षसहित कुल ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ ।

राजधानी दैनिक बाट