कासा लाउन्ज एण्ड बारले असोज २७ गते शनिबारको दिन आयोजना गरेको “दशैं आयो” सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । लाउन्जका सञ्चालक श्री राम प्यारा श्रेष्ठज्यूले यो संगितिक कार्यक्रम दशैंको शुभकामना साटासाट संगै एक आपसमा खुशी बढाउनको निम्ति आयोजना गरेको बताएका छन । आयोजकले कार्यक्रममा आफ्नो प्रस्तुति दिनुहुने बरिष्ठ पप गायक हरिश माथेमाज्यू, दिपक थापाज्यू लगायत सम्पूर्ण सांगीतिक समूहलाइ मुरी मुरी धन्यवाद दिनु भएको छ ।

कार्यक्रम शोभा बढाउन अनि हौसला प्रदान गर्न बरिष्ठ पप गायक सुनिल उप्रेती, कार्यकम प्रस्तोता सुशील नेपाल तथा द भोइस अफ नेपालको ज्यूरी सदस्यहरु उदय सोताङ, प्रमोद खेरल, राजु लामा र निर्देशक लक्ष्मण पौडेलको उपस्थितीलाई संंचालक राम प्यारा श्रेष्ठज्यूले विशेष धन्यवाद दिनु भएको छ । संग संगै कार्यक्रमलाइ सफल पार्न आफ्नो अमुल्य समय र सहयोग गर्नु हुने अञ्जन लामिछानेज्यू अनि सुमन श्रेष्ठज्यूलाइ पनि धन्यवाद दिनु भएको छ। सञ्चालकले आगमी दिनमा यस्तै संगीतिक कार्यक्रमलाई विशेष प्रथमिकतामा राखी अझै नयाँ तथा नौला कार्यक्रमे लिएर आउने बताएका छन । कार्यकमलाई माया गरी सभागीता जनाउने आफ्नो आदारणीय ग्राहक महानुभावु, कलाकारहरु र शुभचिन्तकहरुलाई धन्यवाद दिनु भएको छ ।