मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार  सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक समस्याहरु र ति समस्याहरुको सम्भाित समाधानहरु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ।

नेपाल मर्चेन्ट बैंकर्स संघ ९ःद्यब्ल्० ले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड ९ऋम्क्ऋ० को समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि पि तथा सेयर रेजिष्ट्रार ९म्ए ७ च्त्क्० सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी मिति २०७९ साल फागुन २६ गतेको दिन काठमाडौं स्थीत नेपाल हाउस रेष्टुरेन्ट, हात्तिसारमा सबै डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागितामा एक अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका निती नियम, कार्यविधी तथा समयसमयमा जारी हुने निर्देशन बमोजिम नियमनकारी निकायले दिनुभएको प्रणालि प्रयोग गरी आफ्नो ग्राहकअरुलाई सेवा प्रदान गर्दै आएको छ र दैनिक जसो मर्चेन्ट बैंकर तथा सिडिएस बीच सम्नव्य भई कार्य हुने गर्दछ । सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुले प्रदान गर्ने सेवाहरु एकै किसिमको हुने भएको हुनाले दैनिक कार्यसञ्चालनमा, सबै डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले एकै किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु व्यहोर्नुपर्ने हुन्छ र नियमितजसो सिडिएससंग अलग अलग रुपमा सम्पर्कमा रहने गरिन्छ । यसै सन्दर्भमा यस अन्तरक्रिया कार्यक्रम मार्पmत डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाईहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तरक्रिया गरी केकसरी सो सम्स्याहरुको समाधान गर्न सकिन्छ र सबैले आफ्नो ग्राहकहरुलाई छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरियो ।
सो कार्यक्रममा २५ डि पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । साथै सो कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्पmबाट सूचना प्रविधि विभागका विभागिय प्रमुख तथा सहायक प्रबन्धक आदरणीय श्री सुरेश न्यौपाने ज्यू र कार्य संचालन विभाग तथा गुनासो व्यवस्थापन विभागमा अधिकृतको रुपमा कार्यरत आदरणीय श्री देव राज रिजाल ज्यूको उपस्थीती रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापीटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री विजय लाल श्रेष्ठ ज्यूद्वारा धन्यवाद ज्ञापन तथा स्रोत व्यक्तिका रुपमा पाल्नु भएका अतिथी महानुभावहरुलाई प्रशसांको चिनो÷प्रतिक प्रदान गरी उक्त कार्यक्रमको अन्त्य गरीएको थियो ।