फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धीकमर्सियल

भेहिकलले नेपालमा कार्बन उत्सर्जन घटाउने दिशामा एउटा महत्वपूर्ण कदमको रूपमा नेपालको सडकमा विद्युतीय सवारी साधन (EV) भ्यानको सफल परीक्षण गरेको ।छ १५ दिनको सफल सञ्चालन पछि, EV भ्यानहरूले वातावरणमैत्री र किफायती दुबै रहेको र यातायातको सहज र भरपर्दो इलेक्ट्रिक भेहिकल हुनेमा कम्पनि विस्वस्त रहेको जनाएको छ ।
एमएडब्लु वृद्धी कमर्सियल भेहिकलले दुई मोडलका EV प्यासेन्जर भ्यानहरू ल्याएको छ, एउटा १४ सिट क्षमताको र १६ सिट क्षमताको रहेका छन् , साथै ईभी कार्गो भ्यानपनि नेपाल भित्राएको छ । कम्पनीको दावी छ कि यी इलेक्ट्रिक भ्यानले एक पटक चार्जमा २५० किलोमिटरको दायरा कभर गर्न सक्छ, जसले तिनीहरूलाई लामो यात्रा र व्यावसायिक प्रयोगको लागि सहज बनाउँछ।
“हाम्रा EV भ्यानहरूले नेपाली बाटो र माटोको लागि उपयुक्त छन् भनेर सफलता पुर्वक परिक्षण सफल भएको जानकारी दिन पाउँदा हामी खुसी छौं। तिनीहरूले सहज र प्रभावकारी ढुवानी प्रदान गर्दछ, साथै हरितगृह ग्यासहरूको उत्सर्जनलाई पनि कम गर्छ, जसले गर्दा स्वच्छ र हरियाली वातावरणमा योगदान पुर्याउँछ,” कम्पनिका सेल्स हेड नविन आचार्यले वताउनु भएको छ ।
एमएडब्लु वृद्धी नेपाल सरकारको विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने योजनामा साथ दिन प्रतिवद्ध रहेको छ ।नेपाल सरकारले इलेक्ट्रिक भेहिकल प्रवर्द्धन गर्न सब्सिडी र कर छुटहरू प्रदान गर्दै आएको छ, र यसले एमएडब्लु वृद्धी जस्ता कम्पनीहरूलाई EV प्रविधिमा लगानी गर्न प्रोत्साहित गरेको छ। कम्पनि ले विज्ञप्तिमा जनाएको छ ।
समग्रमा, EV भ्यानको सफल परीक्षण नेपाली अटोमोबाइल उद्योग र समग्र देशको लागि आशाजनक विकास हो। वातावरणमैत्री र किफायती यातायातको माध्यमको परिचयसँगै नेपाल हरियाली र दिगो राष्ट्र बन्ने बाटोमा छ भनेर विस्वास गर्न सकिन्छ ।