डा केदार कार्की वरिष्ठ पशु चिकित्सक
डीभाईन भेटेरिनरी क्लिनिक सिनामंगल काठमाडौं
दशैंमा हिन्दू धर्मावलम्बीहरुले मठमन्दिरमा खसी, बोका बलि दिने तथा घर-घरमै काट्ने गर्दछन्। त्यसैले यो बेला खसी, बोकाको माग बढी हुने गर्दछ। नेपालीको महानचाडको आगमन सँगसगै मासुको खपत तथा उपभोग बढ्दै जाने गर्छ। मासुको उपभोग चाडावाडमा मात्र सीमित नभै घरमा पाहुना आउँदा होस वा कुनै पनि विवाह, ब्रतबन्ध पास्नी जस्ता भोज(भतेरमा मासु नभै नहुने फुड आइटम वा खानाको महत्वपूर्ण आहार बनेको छ।भनिन्छ, घोर्ले खसी किन्यो भने घाटा पर्दैन । यो खँदिलो मात्रै हैन, यसको मासु पनि स्वादिलो हुन्छ भन्ने पुरानो मान्यता छ । दशैंको चहलपहल बाक्लिएपछि काठमाडौंमा खसी बजारमा छानी-छानी यस्तै किस्सा गर्दै खसी किन्नेको भीड छ ।कसैलाई जुन मूल्यमा भए पनि घोर्ले खसी नै चाहिएको छ भने कसैलाई विकासे हैन, लोकल जातको चाहिएको छ । कसैलाई दुब्ला-ख्याउटा खसी हेर्नु नै छैन भने कसैलाई दशैंको खर्च पुर्‍याउन सस्तो खालको भए मात्रै पनि किन्नै परेको छ ।मासुको अत्यधिक उपभोग गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका लागि चौपाया आयात अत्यधिक हुन्छ ।खासगरी उपत्यका मासुका लागि बढी परनिर्भर छ । दशैंको समयमा उपत्यकामा मात्रै झण्डै ६५ हजार खसीबोका र भेडाच्यांग्राको माग रहेको अनुमान छ । दशैंमा खपत हुने चौपाया खरिद-विक्री भने व्यावसायीले आफूखुसी गर्दै आएका छन् । यसका लागि हालसम्म कुनै मापदण्ड नै तोकिएको छैन । मूल्य निर्धारणको मापदण्ड नहुँदा उपभोक्ताले मासुमा ठगिँदै आएको गुनासो लामो समयदेखि गर्दै आएका छन् ।दशैको बेला हरेक समान महंगिने गरेको छ । त्यसमा पनि मासुको मूल्य आकासिदा उपभोक्ताहरु महंगीको मारमा पर्छन् ।
खासी बोकाको पुच्छर लामो र वर्गाकार हुनु पर्छ र हुक देखि पिन क्षेत्र सम्म अलिकति ढलान हुनुपर्छ। काँधहरू चिल्लो हुनुपर्छ र घाँटी र अगाडिको रिबलाई मिल्नुपर्छ। बाख्राको बलियो समतल माथि र हुक देखि पिन सम्म हल्का ढलान भएको लामो रम्प हुनुपर्छ। बाख्रा भारी हड्डी भएको र चरनमा बलियो हुनुपर्छ। बाख्राको पछिल्लो खुट्टा र खुट्टा सीधा र वर्गाकार र फराकिलो दूरीमा हुनुपर्छ।
शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ।
मासु यसमा पाइने पोषण तथा स्वादका कारणले राम्रो त छँदै छ यसका अलावा अस्वस्थ पशुको वधगरी उपभोग गरिने मासुले त्यो भन्दा धेरै घाटा हुने हुनाले स्वस्थ पशु नै मासुका लागी प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण उत्त हानीलाई कम गर्न रोगी पशुलाई सहजै चिनी त्यस्ता पशुलाईमात्र मासुका लागि प्रयोग गर्न सकियो भने मासुबाट मानिसमा सर्ने धेरै रोगवाट बच्न सकिन्छ।
दशैमा अधिकांशले आफ्नै घरमा ल्याएर खसीबोका काट्ने चलन छ । तर,स्वस्थ खसीबोकाको पहिचान गर्न नसक्दा यसबाट विभिन्न रोग लाग्न सक्ने खतरा रहन्छ ।चौपायाको शारीरिक लक्षण हेरेर पनि तिनको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने छ ।झोक्राएर बसेका,रसिला आँखा भएका,नाकबाट सिँगान बगेका र मुखबाट प्याल चुहाइरहेको चौपाया खरिद गर्नु हुँदैन । सिंगान नबगेका, प्याल नचुहिएका,आँखाबाट कचेरा ननिस्किएका,खुट्टाहरु नसुन्निएका र भुँडी नढाडिएको खसीबोका स्वस्थ हुन्छन् ।दसैंमा मासुको जोहो गर्न खसी बोका लगायत पशुपन्छी खरिद गर्दै हुनुहुन्छ भने अलि सचेत बन्नुस् । खसीबोका र पशुपन्छी स्वस्थ्य छन् कि छैनन् भनेर बिचार पु¥याउनु अनिवार्य छ । किनकी दशैँको मौका छोपेर व्यापारीहरुले बिभिन्न रोग लागेका खसीबोका उपभोक्तालाई बिक्री गर्ने गरेका छन् । पशु चिकित्सकका अनुसार कडा खालको ज्वरो, पीपीआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसीबोकाको मासु मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ ।
१। असामान्य रूपमा स्वासप्रश्वास फेरिरहेको वा रौ फुलाएर जिरिङ्ग भएको पशु:
सामन्यतया पशुहरुमा जिवाणु वा विषाणुको संक्रमण भइरहेको वेला वा अन्य रोगहरुले संक्रमित भैरहेको बेला स्वास छिटो फेर्ने र ज्वरो आएर रौं ठाडो पारी फुलेर जिरिङ्ग देखिने हुनले त्यस्ता पशु अस्वस्थ र रोगी हुन्छन्।
२। असामान्य व्यवहार देखाउने पशु :
प्रायस् पशुहरू केही रोगका कारण टाउको पर्खालमा ठोक्ने, आफ्नो पुच्छर वा पेटमा हेरी वृत आकारमा धुम्ने, विभिन्न वस्तु वा मानिस जनावरलाई आक्रमण गर्न खोज्ने जस्ता व्यवहार देखाउने हुनाले त्यसता पशुहरुको मासु खानाले विभिन्न रोगहरु सर्ने गर्छ।
३। हिँडाइमा असामान्य देखिने पशुहरु :
पशुहरुको खुट्टा वा शरीरको कुनै भागमा चोट पटक लागेको खण्डमा पशुहरुको हिँडाइ असामान्य देखिने हुन्छ। पशुहरू सामान्यतस् १२ घण्टाअघिदेखि बाहिरी वा भित्री रूपमा चोटयुक्त छ भने यो समयमा उसको शरीरले विभिन्न किसिमका हर्मोनहरु ९रसायनहरु० उत्पादन गर्न सुरु गर्ने हुनाले त्यस्ता हर्मोनहरुले मासुको स्वाद र गुणस्तर बिग्रने भएकाले यस्तो पशुले मानव शरीरका लागि राम्रो मानिदैन।
४। असामान्य हाउभाउ देखाउने पशुहरू:
आँखाहरू निन्द्रा लागे जस्तो वा लट्ठिएको जस्तो अथवा चिन्ताजनक अवश्था जस्तो दिखने पशु र पेट फुलेको, टाउको र खुट्टा तन्काएकाएर सहजै उठ्न वा वस्न नसक्ने पशु रोगी हुने हुदा त्यस्ता पशु नकिन्नुहोला।
५। असामान्य शारीरिक संगठन भएका पशुहरू:
जोर्नीहरू बढेको वा सुन्निएका, हावा भरिएर सुनिएको जस्तो देखिने पेट र कल्चौडो भएका, बंगारा खुन्निएका पशुहरु अस्वस्थ हुने भएकोले मासुका लागि उपयुत्त मानिदैनन्।
६। नाक, कान, गुद्वार र योनीबाट असामन्य किसिमको फोहरहरु निस्केको पशु वा पखाला लागेको, योनीबाट असामन्यरुपमा गन्हाउने तरल पदार्थ निस्किरहेको वा आँखाको भागहरु बढेको पशुहरु मानव स्वास्थ्यका लागि प्रतिकुल हुन्छन्।
७। सिङ्गमा हरियो रंग लगाएको खसी(बोका मात्र किन्नुहोस्स्:
यदि तपाई काठमाडौं उपत्यकामा मासु किन्दै हुनु हुन्छ भने नजिकको खसीबजार वा पशु हाटवजारमा पशु सेवा विभागबाट खटिएका पशु चिकित्सकले स्वास्थ्य पशुलाई उपभोक्ता चिन्न सहज होस् भनि पशुको सिङमा हरियो रंगलगाउने गरीएकोले हरियो रंग लगाएको पशु मात्र किन्नु होला। सिङमा रातो रंग लागेको खसी बिरामी वा अस्वस्थ वा मासुको लागि खान योग्य छैन भनी चिन्ह लगाइएकोले सो पशु नकिन्नुहोला।
८। नजिकको पशु हाटबजार वा खसिबजारबाट मात्र किन्नुहोस्स्:
सामान्यतया नेपालका सबै पशु हाटबजार र खसी बजारमा पशु सेवा विभाग वा अन्तर्गतका कार्यालयवाट नियमीत अनुगमन भइरहने भएकाले त्यस्ता बजारमा पाइने पशु वस्तुहरु बाटोमा बिक्रि गरिनेभन्दा स्वस्थ्य हुने भएकाले नजिकको हाटबजार वा खसी बजारबाट मात्र किन्नुहोला।
जुनोटिक रोगहरु टिवी, बु्रसेलोसिस, सिस्टिसर्को्सिस, टेनियासिस, साल्मोनेलोसिस, क्याम्पाईलो ब्याक्टंरियोसिसका बारेमा तथ्यांक छैन । जुनोटिक रोगहरु विभिन्न प्रकारले पशुपन्छीबाट मानिसमा सर्ने गरेको पाईन्छ । गाईभैसीको काँचो दूध र पशुपन्छीको मासुको उपभोगले पनि जुनोटिक रोग मान्छेमा सर्ने गरेको छ ।
खसी को मासु पूरै स्वास्थ्यकर छ भनेर ढुक्क हुने अवस्था छैन । टीबी लागेका जनावरका मासु राम्रोसँग पकाइएन भने खाने मान्छेलाई रोग सर्ने जोखिम रहन्छ । चाडबाडका समयमा अस्वस्थकर खसी, बोका, राँगा, भैंसीको मासुले टेनिया सोडियम, बंगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछा खाँदा एच नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा स–साना टेपवर्म जाने र त्यसले मानिसको मृत्युसमेत गराउन सक्ने चिकित्सकहरूको भनाइ छ । विशेषगरी दसैंका समयमा दीर्घ रोग लागेकाहरू बढी जोखिममा रहने भएकाले चिकित्सकहरूले सांकेतिक रूपमा दसैंको मासु आँसु नबनोस् भनेर सुझाव दिएका छन् ।