– ग्राण्ड फिनालेमा ज्ञान र बुद्धिको रोमाञ्चक प्रदर्शन, काठमाण्डौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट प्रथम विजेता, नेपाल कलेज अफ म्यानेजमेण्ट द्धितीय र क्वेस्ट ईन्टरनेशनल कलेज तृतिय स्थान हासिल गर्न सफल ।

धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्था International Organization of Securities Commission (IOSCO) को आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यहि २०८० असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने उद्देश्य बमोजिम नेपाल मर्चेन्ट बैंकर्स संघले ःद्यब्ल् अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता – २०२३ आयोजना गरिएको थियो । यहि क्रममा मिति २०८० असोज २१ गते हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको खेलहरु सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएका थिए। द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि मध्य विजय हुन सफल ४ वटा टोलि –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्ट, बिच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तिय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो । ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र ¥यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली विजेताको ट्रफी र रु. एक लाख रुपैया प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भएको छ । त्यस्तै नेपाल कलेज अफ म्यानेजमेण्ट कलेज, फस्ट रनर अप टिमले ट्रफी र रु. ५०,००० ÷– (रु पचास हजार) नगद पुरस्कार प्राप्त गरेको छ र क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि रु. २५,०००÷–नगद पुरस्कार सहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएको छ ।

कार्यक्रमको सञ्चालन तथा उदघोषण मास्र्टर अफ सेरोमनी भूतपूर्व मिस नेपाल सदिच्छा श्रेष्ठाद्वारा गरिएको थियो र कार्यक्रमको विशेष अतिथि स्वागत गर्दै, ’पहिलो ःद्यब्ल् अन्तर–कलेज क्यापिटल मार्केट क्विज प्रतियोगिता २०२३’ को महासंग्राम धूमधामले आयोजन गरिएको थियो। ःद्यब्ल् को अध्यक्ष श्री विजय लाल श्रेष्ठले आफ्नो मन्तवयमा कार्यक्रमका विशेषता र महत्त्वहरुका बारे जानकारी दिदै यो प्रतियोगितामा सहभागीहरूको आत्मविश्वासलाई उत्साहित गर्नुभएको थियो। साथै कार्यक्रमको मुख्य अतिथि श्री नेपाल धितोपत्र बोर्ड(क्भ्द्यइल्) का अध्यक्ष श्री रमेश कुमार हमाल ज्यू र नेपाल धितोपत्र बोर्ड(क्भ्द्यइल्), नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, ब्रोकर संघ र ःद्यब्ल् सदस्यहरूका अविशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमको शोभा बढाएमो थियो। सो कार्यक्रमका मुख्य अतिथिले सहभागीहरूको प्रस्तुति देखि प्रभावित भएर भविष्यका यात्राहरूको लागि उत्साहित गर्न शुभकामना प्रकट गरेका थिए। उनले यस किसिमको क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक भव्यसाथ आयोजित गरिएको तर्क व्यक्त गर्नु भयोे। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक र ध्यचमि क्ष्लखभकतयचक ध्भभप ९ध्क्ष्ध्० २०२३ का नेपालतर्फको संयोजक गर्नु भएको डा. नबराज अधिकारीले ध्क्ष्ध् २०२३ को व्यक्तिगत अवलोकन र दृष्टिकोणहरू प्रस्तुत गरेका थिए, अनि भविष्यमा नेपालका सबै ७ वटै प्रदेशबाट यस किसिमका बौद्धिक तथा रचनात्मक कार्यक्रममा सहभागी गर्न यस्ता विभिन्न योजनाहरू प्रस्तुत गरे।

कार्यक्रमको सफलता विभिन्न कर्पोरेट तथा शैक्षिक संस्थाहरुको आर्थिक तथा लजिस्टिक सहयोगले सम्भव भएको हो । कार्यक्रमा आयोजन स्थल र लजिस्टिक व्यवस्था सहितको ग्लोबल कलेज तथा पाटन बहुमुखी क्याम्पस, रिलायन्स कलेज, एड–मार्क कलेज, एपेक्स कलेज र केसीएम कलेजले आफ्नो ज्ञान प्रवद्र्धनात्मक सहयोग प्रदान गरेका थिए । डाबर नेपाल प्रा. लि.ले कार्यक्रममा रियल जुस प्रदान गरि सहयोगी संस्थाको रुपमा रेहेका थिए । बेस्ट फाइनान्स कम्पनी लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सी.आइर्.टी), इन्फोडेभलपर प्रा. लि र एन.एम.बि बैंक लिमिटेडले आर्थिक सहयोग गरेका थिए । ःद्यब्ल् अन्तर–कलेज क्यापिटल मार्केट क्विज प्रतियोगितको भव्य फाइनलले प्रतिस्पर्धाको भावनालाई मात्र नभई इच्छुक सहभागीहरूका बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्मको रूपमा पनि स्थापित रहयो।