काठमाडाैं ।  नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल  भर्ना भएका थिए।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक  समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।राजधानी दैनिक बाट