काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेकोे बताएका छन् ।

‘राजनीति भनेको भागबन्डा मात्रै हो र ? त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ,’ ज्ञवालीले भने । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनले बताए ।

‘कतिपय नेताको विश्वासनीयतामाथि प्रश्न उठेको छ । यसले राजनीतिमा वितृष्णा जगाउने कार्यलाई नै मद्दत पुग्छ,’ ज्ञवालीले भने, ‘प्रचण्डले गठबन्धन बदल्ने निर्णय गर्नुलाई बाह्य शक्तिको दबाबका रूपमा समेत बुझ्नुपर्ने देखिन्छ ।’

‘जस्तो भूराजनीतिक दबाब’bout चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ,’ ज्ञावलीले भने ।

सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्रले गठबन्धन बदलेपछि विकसित परिस्थिति’bout शनिबार बस्ने सचिवालय बैठकबाट निर्णय हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

 राजधानी दैनिक बाट