स्याङ्जा । पर्वत जिल्लाको बिहादी गाउँपालिकाबाट सेतिबेनीमा कालीगण्डकी नदिमा नुहाउन गएका एकै परिवारका ४ जनालाई कालीगण्डकी नदिले बगाउँदा १ जनाको मृत्यु भएको छ ।

तीन जिल्लाको संगमस्थल सेतिबेनी सिला दर्शन गर्ने क्रममा बच्चालाई नदिले बगाएपछि बच्चालाई उद्दार गर्न जादा २५ बर्षिया आमाको रितु भट्टराईको मृत्यु भएको छ भने ४ बर्षिया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए ।

बच्चालाई नदिले बगाए लगत्तै उद्दार गर्न पुगेकी आमाको घटना स्थलमै मृत्यु भएको थियो भने बच्चाका बुवा र बच्चाका सानी आमालाई तत्कालै उद्दार गरिएको प्रहरीले जनाएको छ । बच्चाका बुबा र सानीआमाको अवस्था सामान्य छ भने बच्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

राजधानी दैनिक बाट