काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदैछ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज बिहान १० बजेबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपाय’bout चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् ।

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कुनै पनि स्वास्थ्य समस्याको ’boutमा प्रवर्द्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डले यो वर्ष अनलाइनमार्फत सेवा दिने बताएको छ । सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना बोर्डको योजना रहेको छ ।

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।राजधानी दैनिक बाट