चिकित्सकको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आग्रह गरेका छन् ।

बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने भन्दै काममा फर्किन आग्रह गरेका हुन् ।

चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका उनले चिकित्सकको सुरक्षाको विषयमाम गृहमन्त्रालयसँग कुरा भइसकेको बताए ।