काठमाण्डौ ।
देउराली बहुउदेश्यिय सहकारीले अध्यक्ष रविन्द्र चौलागाँई र समाजका केहि प्रतिष्ठित ब्यक्तिहरुको नाम जोडि कतिपय अनलाइन सञ्चार माध्यमहरुमा भ्रामक एवं सरासर झुट समाचार प्रकासित प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै देउरालीले भनेको छ ‘यस खालका भ्रामक समाचारले हाम्रो सहकारी र ललितपुरका प्रदेश साँसद तथा काँगे्रस नेता मिनकृष्ण मर्हजन, काँग्रेस केन्द्रिय सदस्य गणेश लामा र नेपाल प्रहरी हनुमान ढोका परिशरको एसपी तथा प्रबक्क्ता कुमुद ढुङगेलको नाम जोडि, चरित्रहत्या गरि समाचार प्रकासित हुनुले समग्र सहकारी क्षेत्रमा नै बदनामी भएको छ । उक्त तथ्यहीन, झुटा समाचार प्रति देउराली सहकारी दुख एवं खेद प्रकट गर्दछ ।’

२०८० साल असार १२ गते अनुचित लेनदेन (मिटरब्याज ) मुद्धा दर्ता भएका १५ जना मिटरब्याजी जो देउराली सहकारी डुबाउने मुख्य पात्र भएको देउरालीले विज्ञप्तीमा जनाएको छ । तिनीहरुले नै यस खालको भ्रामक अफवाह फैलाएको बताएको छ । त्यस खालका तत्वहरुको तथ्यहीन, आधारहीन, भ्रामक हल्लाहरुको पछि नलाग्न सम्पुर्ण बचतकर्ता सदस्य महानुभावहरु तथा सरोकारवालाहरुमा देउरालीलले अनुरोध छ ।

विज्ञप्तीमा भनिएको छ ‘कसैको मानहानी हुनेगरी सञ्चार माध्यमले लेखे पनि उनीहरु विरुद्ध मुद्धा दायर गर्न सकिने कानुनी प्रावधान छ । तसर्थ यो कानुनी प्रावधानको बाटोमा जानु नपरोस् भन्ने हाम्रो चाहना छ । अनलाइन मिडियाहलाई समेत तथ्य सत्य नबुझि नलेख्नु हुन अनुरोध गर्दछौ ।’
२ बर्षदेखि आर्थिक समस्यामा परेको देउरालीले करिव ७ अर्ब ५० करोड बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ४५ करोडको जग्गा गरी ७ अर्ब १५ करोड रकम फिर्ता गरिसकेको बताएको छ । बचतकर्ताको फिर्ता गर्न बाँकी रकम ३५ करोड र सोको ब्याज मात्र रहेको सहकारीले सो रकम समेत छिट्टै वितरण गर्ने बताएको छ । ‘ललितपुरमै थुप्रै सहकारी समस्याग्रस्त परिरहेको हामीहरुले सहकारीलाई समस्यामुक्त गराएर देशकै उदाहरणी लक्ष्य समेत रोखेका छौ । त्यसकारण भ्रामक, कपोलकल्पित हल्लाको पछी नलागेर सहकारीको समस्या हल गर्ने क्ुरामा धर्यता देखाइ सहयोग समेत गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ । सरकारले दिएको समय सिमा भित्रै समस्या सामाधान गर्ने प्रण समेत गर्दछौ’–विज्ञप्तीमा उल्लेख छ ।