सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको भव्य उद्घघाटन गरेको छ । यी शोरुमहरू आफ्ना विश्वासिलो साझेदारः लोक सुशीला मोटर प्रा. लि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रा. लि, हाकिम चोक, भरतपुर (अष्टभुजा पेट्रोल पम्प नजिक) संगको सहकार्यमा संचालनमा ल्याएको हो ।

यस आयामले सेगवेको आफ्नो मुल्यवान ग्राहकहरुलाई विशेष उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काउँछ । बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरु सहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ । यस विस्तृत विकल्पहरुको प्रदर्शनीले ग्राहकहरुलाई आफ्नो आवश्यकता अनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ ।

सेगवेले, भव्य उद्घघाटनको उपलक्ष्यमा, चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरुको साथ शोरुम भ्रमण गर्न आमन्त्रित गरेको छ । उद्घघाटन अफर अन्र्तगत यी शोरुमहरुमा सेगवे ई–स्कूटरहरुको बिशेष मूल्य तोकेका छन् । ग्राहकहरुले यो अवसर नगुमाई किफायिती मूल्यमा आफ्नो रोजाईको विशिष्ट सेगवेका उत्पादनहरु खरिद गर्न सक्ने छन् ।
यी शोरुमहरु बाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको विस्तृत रुपमा फाइदा लिन सक्नेछन् । शोरुममा यी सेवाहरू उपलब्ध गर्नुको मुख्य कारण सेगवेका ग्राहकहरुले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायात साधनहरूको आनन्द लिन सकोस् भन्ने सुनिश्चित गर्न समावेश गरिएको हो ।

शोरूमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट–ड्राइभ गर्ने अवसर पाउनेछन् । विस्तृत सुविधाहरू र नवीनतम सेगवे स्कुटरहरूको पर्याप्त स्टक भण्डारणको साथ, बुटवल, चितवन र वरपरका क्षेत्रहरूमा ग्राहकहरूले सजिलैसँग आफ्नो मनपर्ने सेगवे उत्पादनहरू पाउन र खरिद गर्न सक्छन् ।

यी शोरुमहरूको संचालनसँगै आईहब प्रा.लि. ले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरूलाई थप प्रवद्र्धन गर्दै सेगवेका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सेगवे नाइटबटको बारेमाः
सेगवे व्यक्तिगत यातायात साधनको लागि एक विश्वव्यापी अग्रणी प्रदायक हो । जसले मानिसहरुलाई प्रभावकारी, दिगो र रमाईलो यात्रा गर्न नवीन उत्पादनहरु सिर्जना गरेको छ । आफ्ना रोमाञ्चक उत्पादनहरु सार्वजनिक सँगै, सेगवेले मोबिलिटी क्रान्ति र नवीन साधनहरुका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने लक्ष्य राखेको छ ।