चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। 

बेइजिङस्थित ग्रेट हल अफ त पिपुलमा प्रधानमन्त्री प्रचण्डलाई सोमबार बिहान चिनियाँ सेनाको विशेष टिमले ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए।