काठमाडौं। ललितपुरको सातदोबाटोमा देउराली बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यलय खोलि अध्यक्ष रवीन्द्र चौलागाईंले गरिबलाइ ठगी गर्ने गरेका काला कर्तुतहरू छताछुल्ल हुँदै गएका छन्।

चौलागाईंले अरुको घरलाई आफ्नै देउराली सहकारीको भवन भन्दै सहकारीको केन्द्रीय कार्यलय खोलि ठगी गर्ने उदेश्यले उपत्यकाको ३ ठाउँमा शाखा कार्यलय विस्तार गरेकाे बचत कर्ताहरूले नै बताउने गरेका छन्।

करिब २५ हजार साना तथा मझौला व्यावसायीका साथै गरीब मजदुरहरुको देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईंले करिव १३ अर्व झ्वाम पारेका विषयमा विभिन्न समाचर माध्यमले समाचार प्रकाशित गरेपछि हाल चौलागाईं अतालिएकाे उनकै नजिकका कर्मचारीहरूले बताउने गरेका छन्।

अहिले चौलागाईंले मामाघरको चिसो हावा खाने ठम्याइ गर्दै रोमान्स गर्ने शैली परिवर्तन गरेको उनका गौतम थरका मामाले बताउँदै हिँडे्ने गरेका छन्।

उनका मामाको भनाइअनुसार चौलागाईंले घरमा पट्कै समय नदिएपछि चौलागाईं पत्नी पुजा खत्रीले चौलागाईंलाई गाली गर्दै तिमिले दुनियाँ गरिबहरुलाई कसरी ठगेका छौ, त्यो सब मलाई थाहा छ, तिम्रो कारणले मैले माईतिमा समेत मुख देखाउनु नहुने भयो अब म मिडिया बोलाएर तिम्रो पापको घैलो फुटाईदिन्छु भन्दै भान्जी बुहारीले रिसाउने गरेकी छन् उनले भने।

मामाको कुरालाई पुस्टाँइ गर्दै देउराली सहकारीका कर्मचारी एवम् चौलागाईंका नाताले साला पर्ने क्षेत्री थरका कर्मचारी भन्छन् नाताले भिनाजु पर्ने सहकारी ठगी धन्दाका चतुर खेलाडी एवम् देउरालीका अध्यक्ष भने उनकी धर्मपत्नी पुजाको,रिस र आबेगलाई बेवास्ता गर्दै कहिले काभ्रे ,कहिले नवलपरासी,चितवन, कहिले गोकर्णको नर्लिङ रिसोर्टमा सुन्दरीको खोजिमा व्यस्त रहेकाे उनले बताए।

चौलागाईंको हर्कतबारे बिवस हुँदै असाध्यै भावुक मुद्रामा क्षेत्री भन्छन् हाम्रा भिनाजुलाई सहकारी डुबेको मतलबै छैन खालि मिस्ठन्न भोजन, अनि तरुनी र विदेशी रक्सी भएपछि के चाहियो र?

गत सोमबार चौलागाईं लाजिम्पाट स्थित होटल साङ्ग्रीला नजिकैकाे एक रिसाेर्टमा छिरेकाे त्यहाँका कर्मचारीले बताएका छन्। उनको डन शैली सहितको प्रबेशले त्यहाँका अरु बाँकी कर्मचारी हरु समेत छक्क परेका थिए।

अझ रोचक कुरा त के छ भने उक्त होटलका एक ग्राहकका अनुसार चौलागाईं होटल प्रबेश गरेपछि जब होटलका एक वेटरले भने सर हजुर म यहाँलाई के सेवा गर्न सक्छु भन्ने आग्रहमा चौलागाईंले हामी यहाँ धेरै छौ तुरुन्तै बफको राजखानी १० प्लेट,भाले टर्कीको सुप अनि लोकल बोकाको राजखानी त्यो पनि २० वटा ल्याउन निर्देशन दिए भने सो होटलका वेटर उनको अर्डरबाट अब के भन्ने भन्दै होटलका मेनेजर सामु बताउन दौडिएको सो ग्राह बताए।

यतिमा मात्र चौलागाईंको रोमानस् कहाँ राेकिन्छ र ? पोखरा लेकसाईडका एक गुरुङ थरका होटल व्यासायी भन्छन् चौलागाईं सरकारकाे हाम्रो होटलमा राज भएपछि उहाँलाई चित्त बुझाउन सकिएन भने भोलि हामीले कहाँ गएर व्यापार गर्नु उहाँ त हाम्रो लक्ष्मि हुन उहाँलाई भरपुर सेवा गर्न हाम्रा संरक्षक दिपक मनाङ्गे डनसाबले आदेश दिनुएको छ।

उहाँको सेवामा कुनै कमि भए के भोलि हामी बाँच्नु पर्दैन र होटल साहुले ठट्यौली पारा देखाँउदै गर्दा हौसिदै ,जोसिँदै चौलागाईंको अर्को नयाँ तथ्य खोले साहु भन्छन् चौलागाईं सरकारलाई करिब छ फिट हाईट, पु्ष्ट छाती, छिनेको कम्मर,चट्ट उठेको हिप,मयुरको जस्ता अँखा,हेलम्बुको स्याउजस्तो गाला,मुलायम कान ,मृगको जस्तो नाक,कोमल हात पाउ भएकी तरूनी हुनैपर्छ।

उक्त होटलका साहुको उमेर बुढ्यौलिले छोएपनि जोसिदै भन्छन् सरकारले गरेकाे याे उमेरकाे रजगजले मलाइ नी लाेभ लाग्छ यस्ताे पाे जीवन हाे त।

यसरी सहकारीको नाममा दिनदहाडै ठगी धन्दा चलाउँदै आएका काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नं.६ बोक्से खाडीटोल स्थायी निवासी हाल ललितपुरको भैंसेपाटीमा दशौं करोड बराबरको आलिसान महल खरिद गरी उक्त महलको नाम पुजा निवास राखी बस्दै आएकोमा स्थानीयले समेत ठग भनेपछि उक्त महलमा ताल्चा लगाई चौलागाईं परिवारै त्यहाँ फरार भई काठमाडौमा बस्दै आएको बताईन्छ।

सहकारीका बचतकर्ता गरीबहरु छटपटाई रहँदा यता सहकारी ठगी धन्दाका चतुर खेलाडी रवीन्द्र भने उनै गरिबहरुको रगत पसिनाको कमाईले खानामा चौरासी व्यञ्जन र तरूनीहरूकाे पछि व्यस्त भएका छन्।

अर्का देउरालीका अध्यक्ष चौलागाईंका निकट व्यक्तिका अनुसार चौलागाईंले लिने मदिरा अधिकांश विदेशी हुने गर्छन जसको मूल्य एक फुलको २० लाख सम्म पर्ने गर्छ सरले उक्त रक्सी रातभर विभिन्न म्यामहरुलाई खुवाउने खाने गर्नुहुन्छ।

यति मात्रै होइन देउरालीका अध्यक्ष एवम् सहकारी धन्दाका मायुर खेलाडी रवीन्द्र चौलागाईंले प्रभु बैंकका सिईओ विरुद्ध आन्दोलन गर्छु भन्दै देशकै लोकप्रिय मिडियालाई बताएको विषयमा प्रभु बैंकका एक जना तराई मुलका कर्मचारी भन्छन् के गर्ने हाे गरे हुन्।

त्यस्तै चौलागाईंले काठमाडौं जिल्ला प्रहरी परीसरका एसपी कुमोध ढुंगेलका साथै ललितपुर जिल्लाका गुण्डा नाईके मीन कृष्ण महर्जन र काभ्रेका गुण्डा नाईके एंवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामालाइ समेत करौडौं रूपैयाँ दिएको चौलागाईं आफैले भन्दै हिड्ने गरेको उनकै सारथिले बताउने गरेका छन्।

देउराली बहुउद्देश्यी सहकारी चलाउँदै आएका सहकारी क्षेत्रकै ठगि धन्दाका चतुर खेलाडी रबिन्द्र चौलागाईंले करिव १० करोड रूपैयाँ काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रहरी प्रबक्ता समेत रहेका कुमोध ढुंगेललाई घुस दिएको विषयमा चौलागाईंले नै बाताने गरेका छन्।

यसरी भन्दै हिड्ने देउरालीका अध्यक्षलाई कारबाही किन नगर्ने ? यदि घुस खाएको भए एसपी कुमोध ढुंगेललाई पनि किन कार्वाही नहुने? आजको सोचनिय विषय बनेको छ। होइन भने गरिब जनताले पसिना बगाएर एक-एक रूपैयाँ जम्ममा गरेर राखेको रूपैयाँ कसैको पनि रजाइ गर्न पाउने अधिकार छैन।