माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने ] NePS (Nepal Electronic Payment Sytem Ltd.) को अध्यक्ष पदमा नियुक्त हुनुभएको छ । न्यौपाने अध्यक्षमा नियुक्त हुनु अघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आउनु भएको थियो । नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेज्यूले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
विगत १९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उहाँ बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहनु भएको छ । साथै उहाँसंग बैंकिङ्ग क्षेत्रको २५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।