मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् । सत्तारुढ दलहरु नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।
प्रदेश सरकारको ७ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् । जसअनुसार जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्रीमण्डलमा शामिल गर्न लागिएको हो ।

त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी र शारदा थापा मन्त्री बन्न लागेका छन् भने जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव र माओवादी केन्द्रबाट भरतप्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा परेको हो ।

गत पुस २९ गते तीनजना विनाविभागिय मन्त्रीसहित मन्त्रीपरिषद् गठन गरेका मुख्यमन्त्री यादव तीन सातापछि मन्त्रीमण्डललाई पूर्णता दिन लागेका छन् । मन्त्रीहरुले आजै शपथ ग्रहण गर्न लागेका छन् ।