काठमाडौं । हिजो साँझ एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अत्यन्तै रमाइलो तर गम्भीर रहस्य उजागर गरेका छन् । उनले भने, ‘चीनबाट स्थल नाका हुँदै आयात हुने स्याउले भरिएको ट्रक पहिला भैरहवा पुग्छ । त्यहाँ कुनै गोप्य स्थानमा केही दिन राखेपछि उक्त स्याउले भरिएको ट्रक काठमाडौं आउँछ ।’

टेलिभिजनको लाइभ कार्यक्रममा यो तहको नेताले गरेको यस्तो कुरालाई ‘निराधार’ भनेर पन्छाउन पटक्कै मिल्दैन । उनले पक्का सूचनाकै आधारमा यस्ता कुरा गरेका हुन् भन्ने विश्वास गर्नुपर्ने हुन्छ । ज्ञवालीको स्पष्ट इशारा थियो, चीनबाट सुन वा त्यस्तै अवैध सामग्री भारत पु¥याइन्छ र यो तस्करीमा नेपाल ट्रान्जिट बिन्दुका रूपमा प्रयोग भइरहेको छ ।

प्रदिप ज्ञवाली भन्दछन्, ‘यस्तो अनौठो काम गृहमन्त्री वा अर्थमन्त्रीको जानकारी नभई हुनै सक्दैन ।’ वास्तवमा ज्ञवालीका यी भनाइप्रति धेरै हदसम्म सहमत हुनुको विकल्प छैन । यदि गृहमन्त्री वा यो सरकारलाई यस्तो क्रियाकलाप’bout जानकारी छैन भने उनीहरू उपप्रधानमन्त्री वा मन्त्री बन्न लायक छैनन् ।

सामान्य मानिसले पनि बुभ्mने कुरो के हो भने चीनबाट स्याउ आयात हुन्छ भने त्यसको प्रमुख बजार काठमाडांै उपत्यका नै हो । स्याउ जस्तो छिटो बिग्रने वस्तु त सकभर चाँडै बेच्नुपर्ने हुन्छ ।

उत्तरी नाका केरुङ नाकाबाट आयात भएको स्याउ काठमाडौंमा अनलोड नगरी भैरहवा पु¥याएर केही दिन त्यहाँ राखेर काठमाडौं ल्याइन्छ भने त्यसको अर्थ के हो ? स्पष्ट छ, स्याउको ट्रकमा अन्य कुनै बहुमूल्य सामान भारतीय सीमाको नजिक पु¥याइन्छ र त्यहाँबाट भारततर्फ तस्करी गरिन्छ । के त्यो गोप्य सामान सुन हुन सक्दैन ?

राजधानी दैनिक बाट