ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले ललितपुरको कुपण्डोलबाट सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।उनीहरुलाई नक्कली मोहीबनि ललिता निवासको जग्गा हडपेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यससंगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।