सरकारबाट बाहिरिने चेतावनी दिए पनि निर्णय गर्न नसकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि प्रधानमन्त्रीलाई भेटेका छन् । आज बिहान बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डसँग आधा घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्री र लामिछानेबीच बिहान आठदेखि साढे आठ बजेसम्म कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

बालुवाटार स्रोतका अनुसार तत्कालै कुनै मन्त्रालय दिन नसकिने प्रचण्डको जबाफ पछि रबि रिसाएर गएको बुझिएको छ । आजै राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दैछ । सरकारबारे निर्णय लिन अस्ति र हिजोको बैठक अनिर्णित भएपछि आज पनि बस्न लागेको हो ।

सर्वोच्च अदालतले आफ्नो नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री पदबाट बाहिरिएका लामिछाने पुन: सोही पदमा पुनर्स्थापित हुन चाहन्थे । तर, रास्वपालाई गृह दिन तयार नहुनुभएका प्रधानमन्त्री प्रचण्डले अरु कोहि ब्यक्ति आउँदा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि त्यसैमा चित्त बुझाएर ऊ सरकारमा बस्ने सम्भावनाको चर्चा छ ।