आउने दुई हप्ता शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन
आज र अर्को हप्ता शनिवार पनि बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय खोल्नु पर्ने भएको छ।
यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न राष्ट्र बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गराउन राष्ट्र बैंकले जारी गरेको सूचनामा भनेको छ।