उनले जलहरीको विषयमा निष्पक्षता कायम गरी अनुसन्धान हुनुपर्ने बताए । उनले जलहरी राख्नुको ध्येय स्वर्ण क्षरमा आफ्नो नाम लेखाउनु रहेको बताए । जलहरीमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री लगायतको नाम स्वर्ण क्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने बताए ।
उनले भने, ‘केपी ओलीजीको सरकारले गरेको थियो, त्यो निर्णय आफैँमा वस्तुगत थिएन । किनभने कोरोनाको महामारी चलिरहेको बेलामा जनता खान नपाएर छटपटाइरहेका थिए । २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन, मनोगत थियो । अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ । अख्तियारले हात हालिसकेपछि सबै विषय बाहिर ल्याउनुपर्छ । दाताहरूले दिएको पैसा कति छ ? त्यो पनि चाहिन्छ । बदनियत पूर्ण ढंगले सुनको जलहरी राखिएको रहेछ ।’

सांसद दाहालले जलहरी बनाउन दाताहरूले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।