काठमाडौँ । अभिनेता सरोज खनालको चलचित्र बगान मार्फत निर्देशनमा लागेका छन् । उनले आफुद्धारा निर्देशित यो चलचित्रलाई यही २९ असारबाट सिनेमा हलमा रिलिज गर्दैछन् । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन् ।

चलचित्र बगानको बुधबार टिजर सार्वजनिक गरिएको छ । चलचित्रका कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्माको भूमिका पनि टिजर मार्फत प्रष्टिएको छ । जस मध्य अभिनेत्री करिश्मा मानन्धर यो चलचित्रमा एकल महिलाको रुपमा प्रस्तुत भएको टिजरले दर्शाउँछ । उनलाई परिवारप्रति समर्पित भएको देखाईएको छ । एकल महिलाको पीडा तथा समस्यालाई पनि करिश्मा मार्फत टिजरमा प्रस्तुत गरिएको छ ।

बगानमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर र मुकेश शाहको साउन्ड मिक्सिंग छ । यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।