‘मेरो गाउँ मेरो ठाउँ’ को उपाधि टिम डुलुवालाई

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा बेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । यसका साथै टिमले नगद ५ लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै, प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वइस अवार्ड’ विजेता आर्यन कँुवरको ‘मयुरी चाल’ बनेको छ । यसले नगद २ लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोस्ट एनर्जेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ले जितेको छ । यसले १ लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा कुल १० वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’ आदर्श पाण्डे, ‘मोस्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाइस ओभर’–रुमण थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेशकुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’ सन्तोष मालेकरले जिते । योसँगै विजेता १÷१ लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारे । सन् २०२० र २०२३ मा प्राप्त २ सय ५८ भिडियोमध्येबाट विभिन्न १० विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।

राष्ट्रिय सभागृहमा शनिबार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसीकुमार गुरुङले ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जको पहिलो संस्करणले ओझेलमा रहेका थलो उजागर गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘दुर्भाग्यवश कोरोना महामारीका कारण हामीले वितेका तीन वर्ष हामीले प्रतियोगिता आयोजना गर्न सकेनौं । आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे ।

फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले अर्को वर्षदेखि विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’ थपिने बताए । यस विधामा विदेशमा हुने नेपाल प्रर्वद्धनात्मक गतिविधिका वृत्तचित्र प्रतियोगितामा समेटिनेछन् । ‘हामीलाई भिडियो पठाएर आफ्नो गाउँठाउँ चिनाउन गरिएको प्रयास निकै सह्रानीय छ । ‘प्रतियोगीमा मेरो देश र मेरो गाउँठाउँ मैले नै चिनाउनुपर्छ भन्ने जुन हुटहुटी देखियो त्यसले हामीमा यस प्रतियोगितालाई निरन्तरता दिनुपर्छ भन्ने जोस जाँगर अझ बढेको छ ।’ उनले सुनाए ‘यस वर्षदेखि विजेता दस भिडियोलाई विभिन्न देशमा प्रदर्शन गरिने पनि उनले सुनाए ।’

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले विभिन्न अध्ययनले नेपालको विकास ऊर्जा र पर्यटनबाट मात्र सम्भव देखाएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा अगाडि बढ्न यस भिडियो च्यालेन्जले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गरे । ‘आगामी दिनमा वि विल राइजजस्ता संस्थाको विकास र सुदृढीकरणले नेपालको पहिचान र प्रगतिलाई अझ उन्नत उचाइमा पु¥याउन सफल बनोस् ।’ कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गरेको अभिनेता तथा चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले बताए ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *