काठमाडौं, जेठ ३१
एकजना भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन् । भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम चौधरीले उक्त कीर्तिमान बनाएका हुन् ।
गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुगेका थिए ।
शिवमले सानैदेखि तबला बजाउन सिकेका थिए । एभरेस्ट क्षेत्रको ट्रेकिङ जाँदा उनले आफ्नो तबला पनि बोकेरै गएका थिए ।
शिवमका बुबा रोहित चौधरी उक्त उचाइमा कुनै किशोरले तबला बजाएको सम्भवतः यो पहिलो घटना हुन सक्ने बताउँछन् । कक्षा ३ मा अध्ययनरत ८ वर्षीय अर्जुन पनि बाबुआमासँग एभरेस्ट बेस क्याम्प पुगेका थिए ।