एमालेले १५ वर्षअघि जनयुद्ध शब्द स्वीकारेको स्मरण गराउदै कांग्रेसका नेता मिनेन्द्रले भने जनयुद्ध शब्द बारे वहाँलाई माओवादी नेताले पहिले नै बुझाइसकेको तर अहिले बुझ पचाएर जनयुद्ध प्रति पूर्वाग्रही गरेको बताएका छन । यसैगरी  नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई २०६५—६६ को नीति तथा कार्यक्रम स्मरण गराएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा माओवादीको नेतृत्वमा भएको ‘जनयुद्ध’ उल्लेख गरेको भन्दै आपत्ति जनाए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ मा  संसदमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित जनयुद्ध शब्दमाथि भट्टराईले प्रश्न उठाएका थिए । कांग्रेसले उक्त शब्द स्वीकार गरेको भन्दै ‘कांग्रेसको अन्त्य’हुन लागेको बताएपछि रिजालले सामाजिक सञ्जालमार्फत एमाले सम्मिलित सरकारको २०६५–६६ को नीति तथा कार्यक्रम अध्ययन गर्न सुझाएका छन् ।  कांग्रेस केन्द्रीय सदस्य रिजालले ‘जनयुद्ध शब्द हटाइयोस्’ भन्ने आफ्नो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको बताए ।  तर, २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा जनयुद्ध शब्द उल्लेख भएको नभएको भट्टराईको भनाइ थियो । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको भन्दै आफ्नो प्रश्नको जवाफ कांग्रेस सभापति शेरबहादुर देउवाले दिनुपर्ने भट्टराईको भनाइ थियो ।