राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारको पहिलो बैठकले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपानाउने निर्णय गरेर कार्यान्वयन गर्न थालेसँगै जनतामा लोकतन्त्रप्रति भरोसा बढेको बताएका छन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले सरकारले कार्यभर सम्हालेको छोटो समयको उपलब्धी देखिन थालेको सुनाए ।

“राज्य र लोकतन्त्रप्रति नागरिककको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको छ,” उनले भने ।  विधिको शासनप्रति जनताको भरोसा बढेको उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणमा जनता र सरकार एकै ठाउँमा आएको पौडेलले जनाए ।