राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ३.६ जीपीएदेखि ४ जीपीए ल्याउनेहरु ४ दशमलव ६३ छन्। गत वर्षभन्दा दोब्बर धेरैले ४ जीपीए ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका थिए। त्यसैगरी ३.२० जीपीएदेखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ रहेको छ। यो जीपीए ल्याउने ११.३६ प्रतिशत छन्। अर्कातिर २.८० देखि ३.२० जीपीए ल्याउनेहरु ७२ हजार ३६२ छन्। यो जीपीए ल्याउने १४.९२ प्रतिशत रहेको परीक्षा बोर्डले जनाएको छ। २.४० देखि २.८० जीपीए ल्याउनेहरुमा ८९ हजार ३३१ जना छन्। यो जम्मा विद्यार्थीको १८.४२ प्रतिशत हो। २.०० देखि २.४० जीपीए ल्याउने परीक्षार्थीको संख्या १ लाख २२ हजार २९३ छ। २१.०९ प्रतिशत यो जीपीए ल्याउनेमा छन्।  बोर्डका अनुसार १.६० देखि २.०० जीपी ल्याउनेको संख्या ८८ हजार ४४७ छ। यो जम्मा संख्याको १८.२४ प्रतिशत हो। त्यस्तै १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० छन्। यो जीपीए ल्याउने ७.९९ प्रतिशत रहेको बोर्डले जनाएको छ। अर्कातिर सबैभन्दा कमजोर अर्थात् ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २२ सय छ। यो भनेको जम्मा विद्यार्थीको ०.४५ प्रतिशत हो।