कोशी प्रदेशमा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत लिने दिन साघुँरिदै जाँदा कार्कीलाई विश्वासमको मत जुटाउन एमालेबाटै विभजित भइ बनेको दल नेकपा एकीकृत समाजवादी लाई सत्ता सहकार्यको केन्द्रमा राखेर एमालेले संवाद अघि बढाएको छ ।   पछिल्ला दिनहरुमा एमाले र एकीकृत समाजबादी दलका नेताहरु बीच कोशी प्रदेशको सत्ता सहकार्यबारे भेटघाट हरु बक्लिदै गएका छन् । आलो पालो नेतृत्व देखि पार्टी एकता सम्म गर्नुपर्ने प्रस्तवाहरु अघि सारिएको छ। सत्ता सङ्कटका विषयमा दुई पूर्वमुख्यमन्त्री राजेन्द्र राई र शेरधन राईबीचमा धरानमा भेट घाट गरेका छन् । भेटका क्रममा कोशीमा देखिएको सत्ता सङ्कटका विषयमा छलफल भएको बुझिएको छ । भेटमा दुई पार्टी बीच सहकार्य गर्ने विषय र सहकार्यलाई पार्टी एकीकरण सम्म लगेर प्रदेशलाई स्थायीत्व दिनुपर्ने र  आलोपालो मुख्यमन्त्री लगायत विकल्पका विषयमा कुरा भएको नेताहरुले बताएका छन् । अदालतको आदेश बमोजिम अहिले कोशीमा संविधानको धारा १६८ तीन अनुसार अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । उनि मुख्यमन्त्री बनेको करिव दुई साता पुग्न थालेको छ ।   कोशीप्रदेशको वर्तमान समीकरणमा फेरबदल नभए प्रदेशसभाको अङ्क गणितले उनलाई पनि प्रदेशसभाबाट विश्वास मत प्राप्त गर्न निकै चुनौती देखिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका उपसभामुखसहित ४० जना सांसद छन् । एमालेलाई प्रदेशमा साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले फेरी पनि कार्कीलाई साथ दिने ठानिएको छ। तर राप्रपाले साथ दिँदा पनि कुल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा कार्कीलाई विश्वासको मत प्राप्त गर्न आवश्यक ४७ जना सांसद पुग्दैन। एमाले र राप्रपाको मत जोड्दा ४६ मात्रै पुग्छ । उप सभामुखले  सदन संचालन गरेमा त्यो संख्या ४५ हुन्छ । यस्तो अवस्थामा  नेकपा एकीकृत समाजवादीको चार सांसदको समर्थन खिच्न सकेमा भने कोशीमा एमाले सरकारको निरन्तरता संभव देखिएको छ।