मुम्बई । यतिबेला फिल्म सिटाडेल रिलिज भएपछि बलिउड अभिनेत्री प्रियंका चोपडा चर्चामा छिन् । उनको कामको निकै प्रशंसा भइरहेको छ । प्रियंकाले एक अन्तर्वार्ताका क्रममा आफ्ना बुबाबाट यो क्षेत्रमा आउन प्रतिबन्धित भएको खुलासा गरेकी छन् । १६ वर्षको उमेरमै आपूmलाई बुबाले आधुनिक शैलीको कपडा लगाएर बाहिर हिँड्न बन्देज गरेको खुलासा गरेकी छन् ।

प्रियंकाको भनाइमा १६ वर्षको उमेरमा उनका बुबाले विभिन्न नियम लगाएर यी अभिनेत्रीलाई बन्देज गरेका थिए । सो’bout प्रियंकाले भनिन्, ‘मलाई खुबै मन पराउने एउटा केटाले आफ्नो बालकनीबाट हाम फालेको थियो । त्यसपछि बुवा निकै रिसाए र हाम्रो घरका सबै झ्याल बन्द गर्नुभयो ।’

प्रियंकाका अनुसार उनले सोही दिनबाट जिन्सको पाइन्टलगायतको कपडा लगाउने नपाउने र भारतीय कपडा मात्र लगाएर हिँड्न पाउने आदेश बुबाबाट पाएकी थिइन् ।

बुबाले प्रियंकालाई एक जना ड्राइभर राखेर घर आउन र बाहिर जान गार्डको रूपमा खटाएका थिए । त्यतिबेलाको घटनालाई सम्झँदै उनले भनिन्, ‘ बुबाले दुई चुल्टी बाँधेर हिड्नुपर्ने नियम लगाउनुभयो । दैनिक चुल्टी बाट्नुपर्ने भएपछि मैले कपाल नै काटेर छोटो बनाएँ ।’ त्यसरी कपाल काटेर छोटो बनाउँदा उनले बुबाबाट निकै गाली खानुपरेको थियो ।

त्यतिबेला बुबाले आफ्नो हितका लागि सही काम गरेको यी अभिनेत्रीले बताएकी छन्, ‘स्कुल पढ्दै गरेकी आफ्नी छोरीको पछाडि अरू कोटा लाग्दा बुबाले नियन्त्रण गर्नु स्वाभाविकै हो । बुबाले देखाएको बाटोमा म हिँड्ेपछि उहाँले मलाई विस्तारै स्वतन्त्र बन्न सघाउनुभयो ।’

प्रियंका चोपडाले पनि आफ्नो करियर फिल्म उद्योगमै बनेको र आफूले बुबालाई धेरै मिस गरेको बताएकी छन् । आज आफ्नो सफताको पछि बुबाको हात भएकाले बुबालाई सम्झने गरेको उनले बताएकी छन् ।