टोलीमा राष्ट्रियसभाका सांसदहरु वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर नेपालका लागि रुसी राजदूत अलेक्सेइ नोभिकोभ र संघीय संसदका महासचिव डा. भरतराज गौतमले भ्रमण टोलीको बिदाई गरेका थिए ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी उपल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् । यसबाहेक रुसी सरकारका पदाधिकारीहरु, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीहरुसँग पनि भेटघाट र संवाद गर्ने बताइएको छ ।

अध्यक्ष तिमिल्सनाले रुसमा बसोबास गर्ने नेपाली डायस्पोरासँग भेटभाट गर्ने कार्यक्रम छ भने मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका विद्यार्थीहरुलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

विमान चढ्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणले नेपाल र रुसबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने तथा भ्रमण फलदायी हुने विश्वास ब्यक्त गरे ।

टोली रुसको भ्रमण पूरा गरि १२ वैशाख बैषाख नेपाल फर्कने कार्यक्रम रहेको छ ।