नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले पहिलो बधाई तथा शुभकामना दिएकी छन्। सोमबार शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गरेपछि दक्षिणी छिमेकीको तर्फबाट पौडेललाई पहिलो बधाई आएको हो।

‘नेपालको नयाँ राष्ट्रपतिकाके रूपमा तपाईं चुनिनु भएकोमा भारतका जनता र सरकार तथा मेरोतर्फबाट पनि बधाई’, शुभकामना सन्देशमा भनिएको छ, ‘निकट र मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकीका रुपमा भारत र नेपालले सौहार्दपूर्ण तथा बहुआयामिक सम्बन्ध राख्दै आएका छन्। जुन गहिरो सभ्यता, सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धका विशेषता पनि हुन्।’राष्ट्रपति मुर्मूले पछिल्ला केही वर्षदेखि नेपाल-भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गरेकी छन्।

‘म यस अवसरमा नेपालका मैत्रीपूर्ण भावना भएका नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको पनि कामना गर्छु। साथै तपाईंको राम्रो स्वास्थ्य र कल्याणका लागि पनि शुभकाना प्रकट गर्छु।’