प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनले तेस्रोपटक प्रधानमन्त्री भएपछि आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।यद्यपि आज पनि मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना न्यून छ । कांग्रेसले आज मन्त्रीका लागि एकजनाको मात्र नाम पठाएको छ ।

कांग्रेसले परराष्ट्रमन्त्रीको रूपमा कञ्चनपुरबाट निर्वाचित सांसद एनपी सावदको नाम मात्र पठाएको हो । उनको शपथ अपरान्ह ३ बजेका लागि तोकिएको छ ।

गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौँपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । आज सावदले शपथ लिएपछि पनि प्रधानमन्त्री प्रचण्डको काँधमा चार मन्त्रालयको जिम्मेवारी बाँकी नै रहनेछ । प्रचण्डले छिट्टै प्रचण्डले भारत भ्रमण गर्दैछन् ।

त्यसअघि सरकारले परराष्ट्रमन्त्रीको टुंगो लगाउने तयारी गरेको हो । बाँकी मन्त्रीको टुंगो भने उपनिर्वाचनपछि लाग्ने बताइएको छ । उपनिर्वाचन यही १० वैशाखमा तनहुँ १, बारा २ र चितवन २ मा हुँदैछ ।