लक्ष्मी ग्रुपका मालिक अञ्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघ गण्डकी प्रदेशको पहिलो बैठकबाट वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारीलाई सर्वसम्मत समर्थन गराएर श्रेष्ठ औपचारिक रूपमा अघि बढेका हुन् ।

महासंघको आगामी चैत २८ र २९ गते निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष हुने तयारीमा छन् । त्यसपछि रिक्त हुने वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलगायत रामचन्द्र संघाइले उम्मेदवारी दर्ता गराएका छन्।