नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जारी गरेको सूचनामा उल्लेख छ ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *