भक्तपुर सुर्यबिनायक राममन्दिर नजिकै रहेको ओम शान्ति टेलरिङले अब ६,५०० रुपैयाँमै सुट-पाइन्ट तयार गरेर विक्रि गर्ने भएको छ । ओम शान्ति टेलरिङले सबै खालका ग्राहकहरुको पहुँचमा सुट पेन्ट पुगोस्, रहरको पहिरन सबैले लगाउन सकुन् भन्ने हिसावले सुलभ दरमा सुट-पेन्ट विक्रि गर्न लागिएको सञ्चालक झरिलाल खङगले बताए ।
उनले भने ‘हामी ६,५०० रुपैयाँमै कोर्ट–पेन्ट, सर्ट, टाइ ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा सिलाएर दिनेछौ’ । खङगले आफुले धेरै सोचेर यो खालको अफर ग्राहक समक्ष ल्याएको बताए । उनी भन्छन् ‘हामीले दिएको दर र गुणस्तर एवं आधुनिक प्रविधिजनित सेवा सुविधा अरु अहिलेसम्म अरु कसैले दिएका छैनन् । नाफा भन्दा ग्राहकप्रतिको सेवाभावले हामीले यस योजना ल्याएका हौ ।’
ओमशान्ति टेलरिङ सुट पेन्ट मात्रै नभएर दौरा सुरुवालको लागि पनि प्रसिद्धि कमाएको सस्था भएको खङगको भनाइ छ । ग्राहकहरुकै रोजाइ अनुसार दौरा सुरुवाल सिलाइने उनले बताए । त्यसका साथसाथै विवाह ब्रतबन्ध तथा स्कुल कलेजका सबैखाले लत्ताकपडाहरुको उत्कृष्ठ सिलाइ गरिने उनले बताए ।