तराईको नयाँ शक्ति जनमत पार्टीले मधेस प्रदेशका ६ जिल्लामा इन्चार्ज तोकेको छ।
पर्साको इन्चार्जको जिम्मेवारी माधवप्रसाद सिंहलाई तोकिएको छ। सो जिल्लाका संयोजक ओमप्रकास सर्राफ र सहसंयोजक मुकेश द्विवेदीलाई तोकिएको छ।

त्यस्तै, रौतहटको इन्चार्जमा बृजकिशोर यादव, सर्लाहीको इन्चार्जमा श्रीचन राय यादव तथा महोत्तरीको इन्चार्जमा सौरभ साहलाई तोकिएको छ। त्यस्तै, धनुषाको इन्चार्जमा सुरेन्द्र मण्डल र सिरहाको इन्चार्जमा विनोद यादवलाई तोकिएको छ।उनीहरुलाई पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्ने जिम्मेवारी दिइएको छ।