सत्तारुढ नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई भोलि बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ । आज दिउँसो बसेको गठबन्धनको कार्यदल बैठकले भोलि बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क रहन भनेको हो । बैठकले सांसदहरुलाई भोलि नै काठमाडौँ आइपुग्न निर्देशन दिएको कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रपति चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । संघीय सांसद र प्रदेशसभाका सदस्य निर्वाचनमा मतादाता रहनेछन् । राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनले काँग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ प्रतिष्पर्धामा छन् ।