काठमाडौं । सत्ता गठबन्धनको सोमबार राति सम्पन्न बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने सहभागी थिए ।

‘कुन पार्टीलाई कति मन्त्रालय दिने ?’ नखुलाइए पनि मन्त्रीका शपथ भने आज दिउँसो १ बजे तय गरिएको छ । शपथपछि चार बजे सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएको गृहमन्त्री एवं सरकार प्रवक्ता रवि लामिछानेले जानकारी दिए । भागबण्डा टुंगिएसँगै आज मंगलबार मन्त्रिपरिषद् विस्तार तयारी गरिएको छ ।

जसपा, उन्मुक्ति, लोसपालगायत दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भए पनि उनीहरूका ‘डिमान्ड’का कारण सहमति जुट्न नसकेको बताइएको छ । यसअघि, सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच करिब ५ घण्टा छलफल भएको थियो ।राजधानी दैनिक बाट