काठमाडौं । अर्थमन्त्री वर्षमान पुन आएको पहिलो दिन नै नेप्से परिसुचक उकालो लागेको छ । उनी आउने चर्चासँगै केहीदिन यता सर्किट ब्रेकसहित निरन्तर बढेको थियो ।

नेपाल स्टक एक्सेञ्ज (नेप्से) प्रि ओपन सेसनमा ३.९१ अंकले बढेको छ । नेप्से ०.१९ प्रतिशतले बढेर २०२०.९४ अंकमा पुगेको छ ।

प्रि ओपन सेसनमा २१ लाख ५३ हजार १९४ रुपैयाँको ४ हजार ५५८ कित्ता शेयर किनबेच भएको छ ।

प्रि ओपन सेसनमा ४१ कम्पनीको शेयर निबेच हुँदा २७ कम्पनीको शेयर बढेको छ भने ९ कम्पनीको शेयर घटेको छ ।