सत्ता गठबन्धन भत्किने भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।

प्रचण्डको नेतृत्वमा गठन हुने नयाँ मन्त्रिमण्डलमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले प्रमुख सचेतक पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको छ । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ । त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ ।