काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार नयाँ गठबन्धन बारे छलफल भएको छ । सत्तारूढ नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा चलिरहेको छ । सत्तारूढ गठबन्धनको ’दयगतमा समेत महासमिति बैठकमा छलफल जारी रहेको र गठबन्धनलाई नै प्रभावित गर्नसक्ने बुझाइमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनका लागि एमालेसँग छलफल थालेका बताइएको छ । अहिलेको सत्तारूढ गठबन्धनका विषयमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ । कांग्रेसले निर्वाचनपछि सरकारको नेतृत्व गर्न आलटाल गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेर प्रधानमन्त्री भएका थिए । ‘कांग्रेस महासमिति बैठकमा भइरहेको छलफलले त्रसित प्रचण्डले आफ्नो कुर्सी सुरक्षित गर्न पुनः एमालेसँग हिमचिम बढाएको हुनसक्छ,’ एमालेका एक पदाधिकारीले भने । संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हँुदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । कांग्रेस महासमिति बैठकमा गठबन्धन नै भत्किनेगरी भइरहेको छलफलका बीच ओलीले त्यसलाई अवसरका रूपमा लिएका छन् भने प्रचण्डले आफू नेतृत्वको सरकार जोगाउन एमालेसँग नजिकिएका हुन् । एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबीचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिइङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको टिप्पणीसमेत भइरहेको छ । यसअघिसमेत प्रचण्ड र ओलीबीच भेटघाट हुँदा गठबन्धनको हेरफेरका ’दयगतमा छलफल हुँदै आएको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायतका नेताले वाम एकताका कुरा उठाउँदै आएका छन् । कतिपयले भारतमा हुने सन् २०२४ को निर्वाचनअघि भारतीयले अहिलेको सत्तारूढ गठबन्धन चलाउन नचाहेकै अवस्थामा चीनले भारतको निर्वाचनअघि नै कम्युनिस्टहरूबीच एकता गराई अहिलेको सत्तारूढ गठबन्धन टुटाउन खोजेको छ । प्रचण्ड र ओलीबीच नयाँ गठबन्धन’दयगत छलफल भएको भए पनि बालुवाटार स्रोतले भने त्यसलाई अस्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकलाई टुंगो लगाउने लगायतका ’दयगतमा छलफल भएको दाबी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक मंगलबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा ‘नैतिकता नभएको’ टिप्पणी गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डलाई ‘हुतिहारा’को संज्ञा पनि दिए । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले बालकुमारीमा मान्छेको ज्यान गएको सरकारी प्रतिवेदनले देखाएकाले मन्त्री ज्वालाले पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए । आफूमाथि दोष लाग्दासमेत मन्त्री ज्वाला गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँडिरहेको उनले आरोप लगाए । ‘त्यो मन्त्री बसिरहन मिल्छ रु लोकलाज पनि छैन रु नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री,’ ओलीले भने, ‘आफूमाथि दोष लाग्दा पनि झन्डा हल्लाउँदै हिँडेका छन् ।’ ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई ललिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाएको आरोपसमेत लगाए । ओलीले राष्ट्रिय सभा निर्वाचनलाई देखाएर टीआरसी विधेयकसँग प्रचण्ड र देउवाले एमालेसँग खेल्न खोजेको बताए । उनले राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग एमालेले सिट नमागेको पनि प्रस्ट पारे । ‘उहाँहरूले हमीलाई ललिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाउनुभयो, उहाँहरू ९प्रचण्ड, देउवा० ले बोलाएअनुसार गयौं, साक्षीको बिन्दुमा पुगेपछि नसकिने भन्नुभयो,’ एमाले अध्यक्ष ओलीले भने, ‘कुनै पनि हालतमा गर्छौं भनेको कुरा अरू सहयोगीले मानेनन् भन्नेजस्तो कुरा राख्नुभयो, हामी आफ्ना नीति र दृष्टिकोणमा प्रस्ट थियौं ।’ उनले प्रचण्ड र देउवाले ललिपप देखाएर सिद्धान्त र नीति छाडेर मिल्छौं भन्ने खेल खेल्न खोजेको टिप्पणी गरे ।