शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । माघ १६ गते मङ्गलवार सार्वजनिक बिदा दिने कार्यपालिकाको बैठकले निर्णय गरेको प्रमुख प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुबेदीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ  ।

नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय,सामुदायिक एवं निजी शैक्षिक संस्था,स्वास्थ्य संस्थालाई बिदा दिइएको सूचनामा उल्लेख छ । शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको सन्दर्भ र व्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।