नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचै वर्ष सरकार चलाउने खुलासा गरेका छन् ।सभापति देउवाका बिश्वास पात्र मानिने खड्काले गृहनगर सुर्खेतमा भएको कार्यक्रममा सहमतिअनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको जानकारी दिए ।

यसअघि माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएकाे चर्चा थियाे ।तर, देउवाका विश्वासपात्र खड्काले उक्त कुरा बताएपछि नेपाली राजनीति तरंगित भएकाे छ ।

उपसभापति खड्काले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने जानकारी दिए ।