यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.९३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत र सञ्चालन मुनाफा १२.८३ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ३ रुपैयाँ २८ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर १३ रुपैयाँ ३३ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ४ पैसा रहेको छ।

४ अर्ब १७ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५३ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।