(२९ पुष, २०८०)

काठमाण्डौं, अब ग्राहकहरुले NEPALPAY QR स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सिमित अवधिका लागि उपलब्ध हुनेछ । बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा NEPALPAY QR बाट भुक्तानी गर्दा छुटसंगै थुप्रै आकर्षक पुरस्कारहरु रहेका छन् ।