(९ पुस, २०८०)

काठमाडौं ः नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५औं वार्षिकोत्सव ८ पौष, २०८० मा श्रीमान गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको प्रमुख आतित्थमा डेपुटी गभर्नर श्रीमती डा. नीलम ढुंगाना तिमसिनाज्यू, नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स संघका अध्यक्षज्यूहरु तथा नेपाल वित्तीय संस्था संघका फस्ट भाइस प्रसिडेन्टज्यू, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीज्यूहरु, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिज्यूहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओका प्रमुखज्यूहरु, एनसीएचलका पूर्व अध्यक्षज्यूहरु तथा निवर्तमान सञ्चालकज्यूहरु, वर्तमान अध्यक्षज्यूहरु र सञ्चालकज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा होटल अलफ्ट काठमाडौंमा औपचारिक कार्यक्रम आयोजना गरी मनाएको थियो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पौष, २०६५ मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो । एनसीएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु तथा एससीटीको रु.९ करोडभन्दा कमको पूँजीबाट शुरु भएको हो । एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न ल्ऋज्ी–भ्ऋऋ को शुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको छ । विगत १५ वषको यात्रामा, एनसीएचएलले ल्ऋज्ी(भ्ऋऋ, ल्ऋज्ी(क्ष्एक्, च्भतबष् िएबथmभलत क्धष्तअज, अयललभअतक्ष्एक्, ऋइच्एइच्ब्त्भ्एब्थ्, अयललभअतच्त्न्क्, ल्बतष्यलब िएबथmभलतक क्ष्लतभचाबअभ ९ल्एक्ष्० र ल्भ्एब्ीएब्थ् त्तच् कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र ल्भ्एब्ीएब्थ् डोमेस्टिक कार्ड योजना कार्यान्वयन गर्ने क्रम मा रहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा कार्यारत आफ्ना सात कर्मचारीहरूलाई उनीहरूको एनसीएचलएल प्रतिको समर्पणको लागि “लंग सर्भिस अवार्ड” प्रदान गरेको छ । श्री मान गभर्नर महाप्रसाद अधिकारी र एनसीएचएलका अध्यक्ष श्री रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।

एनसीएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यहरूबाट पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई “हाइएस्ट डिजिटल ट्रान्जेक्शन” अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी, नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को मर्जर तथा एक्विजिसन गर्नको लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको थियो । दुवै कम्पनीका मर्जर तथा प्राप्ति समिति संयोजकदोय र प्रमुख कार्यकारी अधिकृतज्यूहरुको उपस्थितिमा उक्त समझदारीपत्र आदानप्रदान गरिएको थियो ।

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको इजाजतप्राप्त संस्था हो । । यसको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर–बैंक संस्थाहरू छन् । एनसीएचएलको प्रणालीहरुबाट रकमको आधारमा नेपालको ८५ प्रतिशत भन्दा बढी खुद्रा नन–क्यास कारोबारहरू प्रशोधन भइरहेका छन् ।

थप जानकारीका लागिः www.nchl.com.np मा जानुहोस् ।