यो विद्युतीय हवाईजहाज आफैंमा विशेष हुनेछ किनभने उडानमा प्रयोग हुने इन्धन निकै महँगो हुन्छ । बहुब्रान्ड अटोमोटिभ कम्पनी स्टेलान्टिसले विद्युतीय विमान निर्माण गर्न अमेरिकी स्टार्टअप आर्चर एभिएसनसँग हात मिलाएको छ ।

यी दुवै कम्पनीले सन् २०२४ देखि विद्युतीय हवाईजहाज उत्पादन सुरु गर्नेछन् । दुवै कम्पनीले निर्माण गर्ने विमान ४ सय ४५ किलो तौलसाथ उड्न सक्नेछन् । पाइलटसहित पाँच यात्रु लिएर उडान गर्न सक्ने छ र एकैपटक चार्जमा १ सय ६० किलोमिटर दूरी तय गर्ने छ ।

दुई कम्पनीबीचको सम्झौताअनुसार स्टेलान्टिसले आर्चरलाई ‘मिडनाइट इलेक्ट्रिकल्ली पावर्ड भर्टिकल टेकअफ’ (ईभीटीओएल) विमान उत्पादन गर्न आफ्नो निर्माण विशेषज्ञता प्रदान गर्ने छ ।

यसको सहयोगमा आर्चरले यस विमानको व्यावसायिक निर्माणलाई गति दिने छ । यतिमात्र होइन, स्टेलान्टिसले अनुभवी कर्मचारी पनि उपलब्ध गराउने छ । यसले आर्चरको धेरै पैसा बचत गर्ने छ। यसबाहेक स्टेलान्टिसले आर्चरलाई १५ करोड अमेरिकी डलर पनि दिने छ ।

निर्माण सुरु हुने

स्टेलान्टिसले कोभिङटन, जर्जियामा विमान निर्माण सुविधा बनाउन गर्न आर्चरसँग काम गर्ने छ । दुवै कम्पनीले सन् २०२४ मा मिडनाइट एयरक्राफ्ट उत्पादन सुरु गर्ने योजना बनाएका छन् ।

दुवै कम्पनीले निर्माण गरेको यो विद्युतीय विमानको दायरा १ सय ६० किलोमिटर भए पनि ३२ किलोमिटरसम्मको छोटो दूरीको उडानका लागि अप्टिमाइज हुनेछ । एक स्टपओभरको समयमा ब्याट्री रिचार्ज गर्न लगभग १० मिनेटमात्र पर्याप्त हुनेछ ।

दुवै कम्पनीले शहरी वायु गतिशीलतामा केही नयाँ गर्ने लक्ष्य राखेका छन् । त्यसैले दुवै कम्पनीले आफ्नो क्षमताको पूर्णसदुपयोग गरी नयाँ एयर मोबिलिटी भेइकललाई जतिसक्दो चाँडो बजार ल्याउन चाहन्छन् ।

आर्चरले ईभीटीओएलको इलेक्ट्रिक प्रोपल्सनजस्ता प्राविधिक कुराहरूमा काम गर्ने छ भने स्टेलान्टिसले ठूलो मात्रामा विद्युतीय हवाईजहाजहरू निर्माण गर्न यसको उत्पादन प्रविधि र विशेषज्ञता प्रयोग गर्ने छ ।

आर्चर र स्टेलान्टिसबीचको रणनीतिक सहयोग २०२० देखि चलिरहेको छ । स्टेलान्टिसले पनि २०२१ मा आर्चरमा लगानी गरेका थिए ।

बिटा टेक्नोलोजीले पनि बनाइरहेको छ इलेक्ट्रिक एयरक्राफ्ट

अर्को कम्पनी बीटा टेक्नोलोजी पनि विद्युतीय हवाईजहाज बनाउने काममा लागेको छ । कम्पनीले आलिया नामको विमान बनाएको छ । यो ड्रोनजस्तै देखिन्छ। यो विमानमा एकैपटक १ हजार ४ सय पाउण्ड वा ६ जना मानिस बोक्ने क्षमता छ । विमान आलिया सिरियस एक्सएम संस्थापक मार्टिन रोथब्लाट र हार्वर्ड–शिक्षित इन्जिनियर काइल क्लार्कको दिमागको उपज हो । एजेन्सी